चैतन्य पाठशालाको कविता वाचन प्रतियोगितामा डिलाईटकी जेनिसा प्रथम
धनगढी । धनगढीको चैतन्य पाठशालामा अन्तरविद्यालय कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ। २१२औँ भानु जयन्तीको अवसरमा आयोजना गरिएको प्रतियोगितामा धनगढी क्षेत्रका १४ विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाए।
कविता वाचनमा उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ। अन्तर विद्यालय कविता प्रतियोगितामा डिलाईट ईङ्लिस बोडिङ स्कुलकी जेनिसा जोशी प्रथम, डिस्कोभरी स्कुलकी प्राप्ति बस्नेत द्वितीय, दुर्गा लक्ष्मी मावि अत्तरियाकी सन्ध्या अवस्थि तृतीय र विलक्षण पौडेल, सान्त्वना भयका छन्। प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १० हजार, ७ हजार ५ सय र ५ हजार रुपैयाँ र प्रमाण पत्रसहित पुरस्कार प्रदान गरिएको छ।
साथै, सहभागिता जनाएका सम्पूर्ण १४ विद्यालयका विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ। कार्यक्रममा बोल्दै विद्यालयका निर्देशकले नेपाली भाषा र साहित्य हाम्रो राष्ट्रिय सम्पदा भएको भन्दै यसको संरक्षण र प्रवर्धन सबैको साझा जिम्मेवारी रहेको उल्लेख गरे। उनले यस्ता प्रतियोगिताहरूले विद्यार्थीमा भाषिक क्षमता विकास गर्ने र साहित्यिक अभिरुचि बढाउने बताए। कार्यक्रममा सहभागी विद्यार्थीहरूले भानुभक्त आचार्यको योगदान सम्झने भावपूर्ण कविता वाचन गरेका थिए।
कार्यक्रम चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसादको अध्यक्षतामा सम्पन्न भयो भने प्रमुख अतिथिका रूपमा महाकाव्यकार मणिराज जोशीको उपस्थिति रहेको थियो। कार्यक्रममा पत्रकार, शिक्षक, शिक्षिका, विद्यार्थी लगायतको उल्लेखनीय सहभागिता थियो।
प्रतिक्रिया