बझाङमा पाँच दिनदेखि ठप्प पारिएको यातायात आजदेखि सुचारु

  बिहिबार ३२, जेठ २०८० ०८:३२

बझाङ । बझाङमा पाँच दिनदेखि ठप्प पारिएको यातायात आजदेखि सुचारु भएको छ। नयाँ भाडादरको विषयमा यातायात व्यवसायिहरुसँग सहमती भएपछि पाँच दिनदेखि बन्द भएका लामो दुरीका सवारी साधनहरु सञ्चालन हुने भएका हुन्।

प्रदेश सरकारले निर्धारण गरेको नयाँ भाडादरका विरुद्धमा यातायात व्यवसायी रहेका थिए। उनीहरुले लामो दूरीका सवारीसाधन पाँच दिनदेखि सञ्चालन गरेका थिएनन्। केहिदिन अघि प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा चल्ने लामोदुरीका सार्वजनिक सवारी साधनको नयाँ भाडादर तोकेको थियो।

जसअन्र्तगत धनगढीदेखि बझाङसम्मको भाडा एक हजार ४१ रुपैयाँ तोकिएको थियो। तर यातायात व्यवसायीहरुले भने पुरानै भाडा एक हजार दुई सय ५० रुपैयाँ लिन पाउनुपर्ने भन्दै आन्दोलित भएका थिए। 

बुधवार भएको नयाँ सहमती अनुसार प्रदेश सरकारले जारि गरेको भाडा दर लागु नगरेर अव प्रतिकिलोमिटर ४ रुपैयाका दरले कायम गर्ने सहमति भयपछि अवरुद्द यातायात आज विहानवाट सञ्चालन हुने सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ।

clock बिहिबार ३२, जेठ २०८० ०८:३२

प्रतिक्रिया