सुदूरपश्चिम विश्वविद्यालयको स्ववियु चुनाव १४ साउनमा

  शनिबार २१, असार २०८२ १४:४२

महेन्द्रनगर । महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आगामी साउन १४ मा स्ववियु निर्वाचन हुने भएको छ ।

विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आगामी साउन १४ गते स्ववियु निर्वाचन गर्ने निर्णय भएको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए ।

'साउन १४ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको छ,' उनले भने, 'भर्ना हुन बाँकी सबै निकायमा असार ३० गतेभित्र भर्ना गराउने निर्णय गरिएको छ ।'

यसअघि दुई पटक निर्वाचनको मिति तोकिएर अन्तिम समयमा रोकिएको थियो ।

clock शनिबार २१, असार २०८२ १४:४२

प्रतिक्रिया