कैलाली कारागार सुधार गृह भन्दा पनि लागुऔषध शेवन कर्ताको अखडा बन्दै

  बुधबार ३१, जेठ २०८० १५:२५     विश्वास खबर

धनगढी । पछिल्लो समय जिल्ला कारागार कैलालीमा विभिन्न बेथितिका घटनाहरु मौलाउदै गएका छन् । कारागारलाई सुधार गृह मान्ने गरेको भएपछि त्यसको ठिक उल्टो कैलाली कारागार लागु औषधको अखडा बन्दै गएको छ । कारागारमा खटीएका सुरक्षाकर्मि र प्रसासन कर्मचारीको मिलेमतोमा कारगारमा अबैध कारोवार भईरहेको हो ।

कैलाली कारागारका जेलर पदमराज तिमिल्सिना, प्रहरी प्रमुखहरूको सेटिङ र संरक्षणमा ती बेथितिहरु मौलाउदै गएको खुलेको छ।

कारागारभित्र रहेका कैदीबन्दीबाट मासिक असुलीसँगै भित्रै लागूऔषध उपलब्ध गराउने, मदिरा बिक्री गर्ने, तास खेलाउने र कुटपिट गर्ने, गराउनेसम्म हुने गरेको कारागारको विशेष स्रोतले बताएको छ ।

स्रोतले भन्यो, ‘जेलर, पुलिस, नाइके र आउट डोरवालासहितको मिलोमतो हुन्छ। कारागारभित्र बेथिति मौलाउँदै गएको छ। अहिलेको जेलर लास्टै क्रप्ट छ। भित्रै कैदीहरुलाई फोन भित्र्याउने, ड्र्ग, गाँजा, चरेश भित्र्याउने, भित्रै कोठा बनाएर बिक्रि गर्ने, मासिक रुपमा कैदीहरुबाट आर्थिक असुली गर्ने, कही कतै गुनासो गरे कुटपिट गर्नेसम्म हुन्छ।’

कारागारमा रहेका आउटडोर चौकीदार (सजाय भोगिरहे पनि बाहिर घुम्न पाउनेहरु) नै यी कार्य गर्नमा सक्रिय छन्। जेलर तिमिल्सिनाको संरक्षणमा उनीहरुले बाहिरबाट गाँजा तस्करी, मदिरा बिक्री र तास खेलाउने गरेका छन्। उनीहरु जेलर र कैदीसँग मिलेर धन्दा गरिरहेका हुन्छन्।

स्रोतका अनुसार कारागार भित्र ५० रुपैयाँमा एक खिल्ली चुरोट, १ बोतल रक्सी ५ देखि ८ हजारसम्म र एक खिल्ली गाँजा १०० रुपैयाँ तिरेर पाउने गरेको छ। कैलाली कारागारको विभिन्न भवनमा १५ भन्दा बढी फोन सेट पनि राखिएका छन्। नाइके र आउटडोर कैदीबन्दीको संरक्षणमा ती मोबाइल भित्र छिराइएको पनि बताइन्छ। कुनै कैदीलाई केही समयको लागि फोन आवश्यक परे चर्को रुपैयाँ लिएर उनीहरु फोन समेत दिने गर्छन्। 

नाइकेहरुले कैदीहरुबाट नै पैसा उठाएर भित्रै जुवा खेलाउने पनि गरेका छन्। यति मात्रै होइन केही नाइकेहरुले कारागारभित्रै अलग्गै कोठा पनि बनाएका छन्। जुन कोठाहरु दुई लाख बढीमा भाडामा दिने गरेको आरोप लागेको छ। 

तर कारागारका जेलर पदमराज तिमिल्सिनाले सबै आरोपहरु अस्वीकार गरेका छन् । उनले कारागारमा चौकीदार नभएर कैदीहरु नियन्त्रणमा समस्या रहेको तर अवैध क्रियाकलाप नभएको दाबी गरे।

उनले भने, ‘हामी त्यस्तो क्रियाकलापको निगरानी गरिरहेका छौँ। अहिले हामी पहिचान गर्ने क्रममै छौं। यसमा केही प्रहरीको पनि मिलोमतो रहेको हुनसक्छ। तर पहिलाभन्दा म आएपछि अहिले प्रशासन टाइट गरेका छौं।’

डेढ सयजना कैदीबन्दी अटाउने क्षमता रहेको जिल्ला कारागार कैलालीमा अहिले ६ सय ५५ कैदीबन्दी छन्। तीमध्ये ४२ महिला र ४४ भारतीय नागरिक छन्।

किलर ग्याङको धन्दा

कारागार स्रोतका अनुसार कैद भुक्तान गरिरहेका भूपेन्द्र बडुवाल हत्या प्रकरणका अभियुक्तहरूसहितको समूहले कारागारभित्रै यस्तो अवैध कारोबार र गुन्डागर्दी गर्ने गरेको खुलेको छ। उक्त अवैध कारोबार नियन्त्रणमा जेलर तिमल्सिना असफल भएका छन्। महेन्द्रनगरपोष्टलाई प्राप्त एक भिडियोअनुसार कारागारभित्रै लागुऔषध खैरो हिरोइनको कारोबार हुने गरेको देखिन्छ।

भिडिओमा देखिएका एक अर्धनग्न युवाले लागुऔषध बिक्रीपछि नगद कारोबार गरेको देखिन्छ। कारागारभित्र हरेकजसो कैदीसँग मोबाइल फोन पनि देखिन्छ। कानुनतस्  कारागारभित्रका  कैदीलाई मोबाइल राख्न प्रतिबन्ध हुन्छ।तर, कैलाली कारागारका कैदीहरूले भने कारागारभित्रबाट अवैध कारोबार गर्न मोबाइल फोन प्रयोग गर्ने गरेका छन्। 

कारगारका निमित्त जेलर लालबहादुर बोगटीले समेत कारागारभित्र अवैध काम हुने गरेको तथ्यलाई स्वीकार गरे। तर उनले अवैध क्रियाकलाप हुन्छ भन्ने सुनेको भएपनि भित्र खोजतलास गर्दा केही नभेटिने गरेको बताए। भुपेन्द्र बडुवाल हत्याकाण्डमा १० जना पुर्पक्षका लागि थुनामा छन्।

लम्कीका युवक बडुवालको केही वर्षअघि टीकापुरमा लखेटी–लखेटी धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। कारागार स्रोतका अनुसार, बडुवाल हत्या अभियोगमा पुर्पक्षका लागि जेल चलान भएका नवीन रावल, अशोक रावल, महेश रावल, विकास शेरचन, विकास खड्कासहितको समूहले जेलर तिमल्सिनालाई प्रभावमा पारेर अवैध धन्दा चलाइरहेका छन्।

clock बुधबार ३१, जेठ २०८० १५:२५     विश्वास खबर

प्रतिक्रिया