नाउपा अब संघ र प्रदेशमा प्रतिपक्षमा बस्छ : अध्यक्ष श्रेष्ठ
धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेसँगै नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेश सरकारबाट बाहिरिने बताएको छ ।
संघीय सरकारमा राज्यमन्त्री अरुण चौधरीले राजीनामा आज राजीनामा दिने र प्रतिपक्षमा बस्ने अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी छन् । ‘संरक्षक ज्युको सल्लाहमा प्रदेश सभा र संघीय सरकारमा प्रतिपक्षमा बस्ने सहमति भएको छ’, उनले भनिन् ।
पार्टीको सल्लाह बिना मन्त्रीहरूलाई बर्खास्त गरेपछि सरकार बाट फिर्ता हुने तयारी गरिएको संरक्षक रेशम चौधरीले बताए ।
बिहिवार (शिजो) सुदूरपश्चम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री शाहले बर्खास्त गरेपछि नाउपा रुष्ट भएको हो ।
चौधरीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत पनि प्रतिपक्षमा बस्ने जानकारी दिएका छन् । मन्त्री चौधरीले ‘सक्ने भए आफूलाई बर्खास्त गरेर देखाउन’ चुनौती दिएका थिए ।
प्रतिक्रिया