सन्दीप र दीपेन्द्र ग्लोबल टी-२० लिगमा अनुबन्धित

  बुधबार ३१, जेठ २०८० ०७:३३

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यद्वय सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी क्यानडाको ग्लोबल टी–२० मा अनुबन्धित भएका छन् ।

मंगलबार​ राति भएको खेलाडी ड्राफ्टमा सन्दीप सुर्रे जाग्वार्स तथा दीपेन्द्र मोन्टेरियल टाइगर्समा अनुबन्धित भएका हुन् । सन्दीप तेस्रोपटक ग्लोबल टी–२० लिग खेल्ने तयारी गरेका हुन् ।

उनले पहिलो सिजन मोन्टेरियल टाइगर्स र दोस्रो सिजन टोरन्टोबाट लिग खेलेका थिए । सन्दीपसम्मिलित सुर्रेमा एलेक्स हेल्स, लिन्टन कुमार दास, जेसन बेहरेनड्रर्फ जस्ता स्टार छन् ।  

यस्तै, पहिलोपटक विदेशी लिग खेल्न लागेका दीपेन्द्रआबद्ध मोन्टेरियलमा शाकिव अल हसन, आन्द्रे रसेल, क्रिस लिनलगायत नाम चलेका खेलाडी जोडिएका छन् ।

ग्लोबल टी–२० खेल्ने दीपेन्द्र तेस्रो नेपाली खेलाडी हुन् । यसअघि सन्दीप र सोमपाल कामीले यो लिगमा प्रतिस्पर्धा गरिसकेका छन् । यस्तै, दीपेन्द्र विदेशी लिग खेल्ने छैटौँ नेपाली खेलाडी बनेका छन् ।

यसअघि नेपालबाट सन्दीप लामिछाने, पारस खड्का, सोमपाल कामी, कुशल मल्ल र करण केसी विभिन्न विदेशी लिगमा अनुबन्धित भइसकेका छन् । आसन्न संस्करणको ग्लोबल टी–२० लिग २० जुलाईदेखि सुरु हुँदैछ । 

clock बुधबार ३१, जेठ २०८० ०७:३३

प्रतिक्रिया