प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष गजेन्द्र सावदद्वारा पदभार ग्रहण

  बुधबार ११, असार २०८२ १२:४९

धनगढी । सुदूरपश्चिम प्रदेश युवा परिषदका नव नियुक्त कार्यकारी उपाध्यक्ष गजेन्द्र सावदले सपथ ग्रहण सगैं पदभार सम्हालेका छन् । आज सामाजिक बिकास मन्त्रालयमा आयोजित कार्यक्रममा सवदलाई सामाजिक बिकास मन्त्री मेघराज खड्काले पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

 

कार्यक्रममा प्रदेश सामाजिक बिकास राज्य मन्त्री सरस्वती खड्काले अब प्रदेशको समग्र युवाका सवालमा काम गर्न सुझाव दिइन् । युवाहरुमा लागुऔषध जस्ता कुलतमा फस्ने समस्या बिकराल बन्दै गएको बताउँदै खड्काले ति युवाहरुलाई सही मार्गमा ल्याउने खालका कार्यक्रम ल्याउन उनले आग्रह गरिन् ।

 

कार्यक्रममा बोल्दै सामाजिक बिकासम मन्त्री मेघराज खड्काले सिमित श्रोत र साधनमा रहेर काम गर्नुपर्ने बाध्यता रहेको बताए । बेरोजगारीका कारण युवाहरु कुलतमा लागिरहेको बताउँदै उनले उहाँहरुको क्षमता अभिबृद्धी र सही मार्गमा ल्याउन परिषदले भुमिका खेल्ने अपेक्षा लिए ।

 

सपथपछि सावदले संक्षिप्त मन्तव्य दिंदै युवाको समावेशी विकास, स्वरोजगार र नेतृत्व क्षमताको अभिवृद्धिमा आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । परिषदमार्फत युवा नेतृत्वलाई संगठित गर्दै प्रदेश स्तरमै दीर्घकालीन नीति निर्माणमा योगदान पु¥याउने उनले उल्लेख गरे ।

 

सावदले आजै पदभार समेत ग्रहण गरेका छन् । युवा परिषदको कार्यालय धनगढीमा उनलाई लेखा प्रमुख मिरा पौडेल, कम्प्युटर अपरेटर कबिता कुँवर लगायतका कर्मचारीहरुले स्वागत गरेका थिए ।

clock बुधबार ११, असार २०८२ १२:४९

प्रतिक्रिया