नेपाल पत्रकार महासंघ इलामको सदस्यता वितरण तथा नविकरण प्रति विरोध

  मङ्गलबार ३०, जेठ २०८० २२:२३

इलाम । नेपाल पत्रकार महासंघ इलामले सदस्यता नविकरणमा मनोमानी गरेको भन्दै विरोध सुरु भएको छ । शाखाले शुद्धिकरणको नाममा पार्टीमा राजनिति गर्नेहरुलाई सदस्य दिलाएको तर मिडियासँग सम्वन्धितहरुलाई सदस्यता नदिएको भन्दै बिरोध सुरु भएको हो ।

बिधानमा राजनिति गर्ने, सरकारी तलब सेवा सुविधा लिँदै आएकाहरुलाई महासंघको सदस्यता नदिनु भनेर उल्लेख गरेको छ । तर अमर माविमा कार्यरत सटेन्द्र जवेगुको सदस्यता नविकरण भएको छ । उनी नेपाल सरकारको सुब्बा सोसरहको सेवा सुविधा लिइरहेका छन् ।

त्यस्तै याम मावोहाङेको समेत सदस्यता नविकरण भएको छ । उनी सेमत कोशी प्रदेश अन्तर्गत शिक्षाबाट सरकारी सेवा सुविधा लिइरहेका छन् । रोङबाट पत्रकारिता गरिरहेका गणेश अर्यालको सदस्यता नविकरण भएन । उनी आगन एफएममा कार्यरत छन् ।

साथै पूर्वाञ्चल दैनिकमा समेत काम गर्छन् । राजिव न्यौपानेको समेत सदस्यता नविकरण भएन । उनी पनि सरकारी जागिरे हैनन् । न्यौपाने निगरानी डटकमका सञ्चालक हुन् । 


प्रेससँग सम्वन्धित अर्थात इलाम नगरपालिकाका उपमेयर बिष्णु दाहालका प्रेस सल्लाहाकार राजेश पराजुलीको समेत सदस्यता नविकरण भएन । प्रेस सल्लाहाकार पत्रकार नै हुन्छन् । उनी नेपाल न्युज बैंकका इलाम जिल्ला सम्वाददाता हुन् ।

साथै इलामबाट सञ्चालित इलाम ग्रीनका सञ्चालक हुन् । महासंघले शुद्धिकरण भन्दै जिल्लाबाट पुराना एक सय ९ जना सदस्यहरुको सदस्यता खारेज गरेको छ । नयाँ सदस्यता १२ जनाको मात्र सिफारिस भएको छ । पत्रकार महासंघ इलामको सदस्यता शुद्धीकरण अन्तर्गत पुरानो सदस्य १ सय ६८ बाट शुद्धीकरण गर्दै १ सय ९ हटाएर ५९ जना कायम गरिएको जनाइएको छ । नयाँ १२ जनासँग गरेर जम्मा ७१ जना पत्रकारले मात्र महासंघको सदस्यता पाएको बताइएको छ । 


समाचार लेख्नेलाई सदस्यता नदिइएको तर दलका भात्रृ संगठनमा नै रहेको भरमा सदस्यता नविकरण भएको भन्दै सदस्यताबाट हटाइएकाहरुले बिरोध गरेका हुन् । यो निर्णय सच्याएर अघि बढ्न समेत उनीहले महासंघलाई आग्रह गरेका छन् ।

पत्रकार महासंघको नेतृत्व बिप्लब भट्टराईले गरेका छन् । उनीसँगै महासंघमा रहेका पदाधिकारी तथा सदस्यहरुलाई समेत बहिरगमनमा परेका पत्रकारहरुले निर्णय सच्याउनुपर्ने माग गर्दै आएका छन् ।

clock मङ्गलबार ३०, जेठ २०८० २२:२३

प्रतिक्रिया