बैतडीमा वन अतिक्रमण गरेर बनाएका घर भत्काइए

  मङ्गलबार ३०, जेठ २०८० १६:४०

बैतडी । बैतडीमा वन अतिक्रमण गरेर बनाइएका घर भत्काइएको छ । जिल्लाको मेलौली नगरपालिका-७ चापछाड सामुदायिक वन र वडा नम्बर ८ को कोटीगाउँ सामुदायिक वन अतिक्रमण गरी बनेका २७ ओटा घर भत्काइएको हो ।

डिभिजन वन कार्यालय बैतडीका अनुसार दुई पटक घर खालि गर्न १५ दिनको सूचना जारी गरिएको थियो । सूचनाको अवज्ञा गरिएपछि घर भत्काइएका हुन् ।

जिल्ला प्रशासन कार्यालय, वन कार्यालय, मेलौली नगरपालिका र सुरक्षा निकायको संयुक्त प्रयासमा वन अतिक्रमण गरेर बनेका अवैध संरचना हटाइएका हुन् ।

clock मङ्गलबार ३०, जेठ २०८० १६:४०

प्रतिक्रिया