राष्ट्रिय युवा संघको समन्वयमा धनगढीमा व्यवस्थापन सम्बन्धी ७ दिने तालिम सुरु
धनगढी । धनगढीमा “समुदाय विपद् स्वयंसेवक तालिम” सुरु भएको छ। राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिव अरुण कुँवरको समन्वयमा सुदूरपश्चिम प्रदेशको विपद् व्यवस्थापनमा युवाको सक्रिय सहभागिता र तयारी अभिवृद्धि गर्ने उद्देश्यले सुरु भएको हो ।
सात दिने तालिमको पहिलो दिन विविध अतिथि तथा सुरक्षाकर्मीहरूको उपस्थितिमा सम्पन्न गरिएको छ । तालिम सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण, कैलालीको आयोजनामा र राष्ट्रिय युवा संघ नेपालको सहकार्यमा सञ्चालित छ।
कार्यक्रममा सशस्त्र प्रहरी बल कैलालीका प्रमुख सुरेन्द्र राज रञ्जितज्यू तालिम अध्यक्षका रूपमा सहभागी थिए भने प्रमुख अतिथिको रूपमा कैलालीका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष गोेगन बहादुर हमालले उपस्थित भएर युवालाई विपद् न्यूनीकरणमा अग्रसर हुन आह्वान गरेका छन् ।
त्यसैगरी, विशिष्ट अतिथिका रूपमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख बालनरसिंह राणा, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिव अरुण कुँवर, केन्द्रिय सदस्य दिपेन्द्र खड्काज्यू लगायतको उपस्थिति रहेको थियो।
तालिममा सशस्त्र प्रहरी निरीक्षक रमेश कुमार सारु, स.प्र.ना.नि. कमल प्रसाद जोशी, स.प्र.स.नि. चेतेन्द्र मल्ल, स.प्र.ह। रमेश अवस्थी, स.प्र.स.ह. कैलाश चौधरी तथा स.प्र.ज. रवि चौधरीले प्रशिक्षण दिनेछन्।
धनगढीमा रहेका सुदूरपश्चिमका सक्रिय युवाहरुलाई विपद् व्यवस्थापनको व्यवहारिक सीप प्रदान गर्ने लक्ष्यसहित सुरु भएको उक्त तालिममा राष्ट्रिय युवा संघका दर्जनौं युवाहरुको सहभागिता रहेको छ।
राष्ट्रिय युवा संघ नेपालले विपद्का समयमा युवालाई अग्रपंक्तिमा ल्याउन तथा स्थानीय समुदायलाई सुरक्षित बनाउने उद्देश्यले यस्ता तालिमलाई प्राथमिकतामा राख्दै आएको छ।
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                         
                        
प्रतिक्रिया