सुदूरपश्चिम प्रदेश दर्पण स्मारिका विमोचन
धनगढी । सुदुरपस्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालयद्वारा प्रकाशित “सुदूरपश्चिम प्रदेश दर्पण” स्मारिकाको विमोचन गर्नुभएको छ । प्रदेश प्रमुख कार्यालयले विभिन्न गतिविधिसहित पहिलोपटक स्मारिका प्रकाशन गरेको हो ।
स्मारिका विमोचन गर्दै प्रदेश प्रमुखले यस स्मारिकाले सुदूरपश्चिम प्रदेशको समग्र अवस्था बुझ्न मद्दत गर्ने बताउनुभयो । स्मारिकामा प्रदेशको सामाजिक, आर्थिक तथा भौतिक अवस्थाका साथै समृद्धिका सम्भावनाहरूको पनि समावेश गरिएको छ । प्रदेश प्रमुख कार्यालयसम्बन्धी विविध सन्दर्भहरू तथा विभिन्न कार्यक्रमका तस्बिरहरू समेत समाविष्ट छन् ।
स्मारिका प्रकाशनका सन्दर्भमा प्रदेश प्रमुख कार्यालयका सचिव नवराज ढुंगानाले विस्तृत जानकारी दिनुभएको थियो । कार्यक्रममा उपसचिव शेखरकुमार रोकाया, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अली, प्रवक्ता तथा सूचना अधिकारी दीर्घराज भट्ट, शाखा अधिकृत गंगाराम सापकोटा, शम्शेरबहादुर रावल, पुजा रतौकीलगायत कर्मचारीहरूको सहभागिता रहेको थियो ।
उक्त अवसरमा लेखा अधिकृत खडकबहादुर शाहीको स्वागत समेत गरिएको थियो । गेटा मेडिकल कलेजबाट सरुवा भई प्रदेश प्रमुख कार्यालयमा आउनुभएका शाहीलाई प्रदेश प्रमुख, सचिव, प्रमुख स्वकीय सचिव, तथा अन्य कर्मचारीहरूले स्वागत गर्नुभएको थियो ।
प्रतिक्रिया