वन मन्त्री रामेश्वर चौधरीलाई राजीनामा दिन सुदूरपश्चिमकका मुख्यमन्त्रीको निर्देशन
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहाले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदबाट राजीनामा दिन निर्देशन दिएका छन्। नागरिक उन्मुक्ति पार्टीबाट जेठ ४ गते वन मन्त्रीमा नियुक्त भएका चौधरीलाई पदबाट राजीनामा दिन मुख्यमन्त्रीले निर्देशन दिएका हुन।
मुख्यमन्त्री शाह मन्त्री चौधरीको कार्यशैलीप्रती असन्तुष्ट थिए। तर, कैलाली र कञ्चपुरमा पावर टेलर ट्याक्टर अनुदानमा वितरण गर्ने भन्दै ठगीमा मन्त्रीको पनि सङ्लग्नता देखिएकाले राजीनामा मागिएको हो। मुख्यमन्त्रीको निर्देशनपछि मन्त्री चौधरी आन्तरिक परामर्शमा जुटेका छन्।
नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरुसँग उनी परामर्श गरिरहेका छन्। रामेश्वर चौधरी कृषि मन्त्री भएका बेला अनुदानमा पावर टिलर वितरण गर्ने भन्दै किसानबाट रकम असुल्ने समूहसँग जोडिएको विषयलाई लिएर मुख्यमन्त्रीले राजीनामा मागेका बुजिएको छ। यो प्रकरणमा संलग्न सुरो नेपालकी अध्यक्ष सुशिला खड्कासहितका केहीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ। उनी विरुद्व कैलाली प्रहरीमा समेत जाहेरी दर्ता भएका छन।
तत्कालीन उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले दीगो वन व्यवस्थापन कार्यविधीमा बनाउन आर्थिक लेनदेन गर्न योजना बनाएको प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए । त्यसपछि नाउपाले रामेश्वरलाई मन्त्रीमा पठाएको थियो।
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                         
                        
प्रतिक्रिया