प्रदेश प्रमुखको कार्यालय अगाडी मुख र आँखामा कालोपट्टी बाँधेर धर्ना

  मङ्गलबार ३०, जेठ २०८० १४:५८

धनगढी । गेटामा विश्वविद्यालयको माग राख्दै आज (मङ्गलवार) प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिइएको छ।

विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सचिव धर्मसिंह कुँवरले आज बिहान १०ः३० बजेबाट प्रदेश प्रमुखको कार्यालय अगाडी मुख र आँखामा कालोपट्टी बाँधेर धर्ना सुरु गरेको बताए।  

सरकारले गत माघ २९ गते गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो।

सरकारले जेठ ५ गते ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि गेटामा विश्वविद्यालय सञ्चालनका लागि ऐन तर्जुमा गर्ने र विश्वविद्यालय सञ्चालनमा ल्याइने उल्लेख थियो। 

तर, जेठ १५ मा ल्याइएको बजेटमा गेटामा एक सय शय्याको अस्पताल र प्रतिष्ठान चलाउने कुरो आएपछि सुदूरपश्चिममा आन्दोलन थालिएको थियो। 

clock मङ्गलबार ३०, जेठ २०८० १४:५८

प्रतिक्रिया