अछामको तुर्माखाँदमा महायज्ञबाट उठ्यो साढे एक करोड बराबरको सम्पत्ति

  बिहिबार २५, माघ २०८० ०६:१९

अछाम । अछामको तुर्माखाँद गाउँपालिकामा महायज्ञबाट झन्डै साढे एक करोड बराबरको सम्पत्ति आर्जन भएको छ ।

वडा नम्बर ४ मा रहको कालिकेश्वरी माध्यामिक विद्यालयको स्तरोन्नति र तुर्माखाँद बहुमखी क्याम्पस स्थापनाका लागि आर्थिक संकलन गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको थियो ।

माघ १६ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको महायज्ञबाट एक करोड ६ लाख रुपैयाँ नगद संकलन भएको छ । यसैगरी, करिब ३८ लाख बराबरको जग्गा दानबाट प्राप्त भएको वडा नम्बर ४ का वडाध्यक्षसमेत रहेका महायज्ञ आयोजक समितिका संयोजक पदमबहादुर बिसीले जानकारी दिए ।

उनले महायज्ञलाई सफल पार्न सहयोग गर्नेहरूप्रति आभार व्यक्त गरेका छन् ।

माघ १६ गते सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले महायज्ञको उद्घाटन गरेका थिए । महायज्ञको उद्घाटन समारोहमा प्रतिनिधिसभाका सदस्य पुष्पबहादुर शाह, प्रदेशसभा सदस्य अक्कल रावलसहित सहभागी थिए ।

महायज्ञको समापन सुदूरपश्चिमका सामाजिक विकासमन्त्री झपट साउँदले गरेका थिए ।

clock बिहिबार २५, माघ २०८० ०६:१९

प्रतिक्रिया