कूल सम्पत्तिको आधारमा कैलालीको नवजिवन टप टेन सहकारीको सूचीमा

  बिहिबार १५, चैत २०८० ०८:३४

धनगढी ।  वित्तीय पोस्टले मुलुकमा हाल विद्यमान सहकारीमध्ये कूल सम्पत्तिको आधारमा टप टेन सहकारीको सूची प्रकाशित गरेको छ । वित्तीय पोस्टले ३१ हजार ३ सय ६३ सहकारीमध्ये कूल सम्पत्तिको आधारमा कैलालीको नवजिवन सहकारी संस्था टप टेन सहकारीको सूची परेको हो । 

अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) ले ‘ग्लोबल थ्री हन्ड्रेड’ भनेर प्रत्येक वर्ष विश्वका ३ सय ठूला सहकारीको सूची प्रकाशित गर्ने गरेको छ । आईसीले बार्षिक कारोबार र कुल गाहस्र्थ उत्पादनमा प्रतिव्यक्ति आयको कारोबार अनुपातलाई आधार मानेर ‘वल्ड कोप मनिटर’ नामक ठूला सहकारीहरुको सूची प्रकाशन गर्न लागेको १३ वर्ष भैसकेको छ ।

तगडा तथ्याङक नभएको नेपालमा भने सरकारदेखि सहकारी अभियान कसैले पनि चित्त बुझ्दो सहकारी तथ्याङ्क प्रकाशन गर्न नसकेको अवस्था छ । यसै सन्दर्भमा वित्तीय पोस्टले कुल सम्पत्तिलाई आधार मानेर मुलुकका १० ठूला सहकारीको सूची प्रकाशित गरेको हो ।

१० सहकारीहरुमध्ये स्वाभाविक रुपमा सबैभन्दा बढी अर्थात् ६ बचत तथा ऋण सहकारीहरु सूचीमा परेका छन् । सूचीमा २ बहुउद्देश्यीय र २ अन्य सहकारी छन् । प्रदेशको आधारमा कोशी ३, बागमती ३, गण्डकी १, लुम्बिनी १ र सूदूरपश्चिम प्रदेशका २ सहकारी संस्था रहेका छन् । टप टेन सहकारीहरुमध्ये ५ जिल्लाका छन् ।


कैलालीको नवजीवन सहकारी संस्थाको अबस्था कस्तो छ ? 

कैलाली जिल्लाको धनगढी स्थित नवजीवन सहकारी संस्थाको कुल सम्पत्ति ६ अर्ब १४ करोड ७५ लाख पुगेको छ । संस्थामा ३३ हजार ६ सय ७७ जना सदस्य आवद्ध छन् । 

संस्थाको सेयर पुँजी २९ करोड ३५ लाख, जगेडा कोष ४१ करोड १ लाख, विभिन्न कोष ८ करोड ३ लाख रहेको छ । संस्थाको कुल बचत ४ अर्ब ७९ करोड १४ लाख र कर्जा लगानी ४ अर्ब ५६ लाख रहेको छ । 

फागुन मसान्तसम्म संस्थासँग १ अर्ब ३६ करोड (२८.३८) प्रतिशत तरलता रहेको छ । ४३ करोड ३५ लाख संस्थागत पुँजी रहेको नवजीवनबाट ४ हजार ५ सय १६ जनाले कर्जा उपभोग गरिरहेका छन् । 


 

clock बिहिबार १५, चैत २०८० ०८:३४

प्रतिक्रिया