गृह सचिव सहित तिन शुरक्षा प्रमुख दार्चुलाको छाङरु, टिकंर तिर

  मङ्गलबार २५, बैशाख २०८१ १४:४४

धनगढी । गृह मन्त्रालयका सचिव एकनारायण अर्याल सहित तिन वटा शुरक्षा निकायका प्रमुख दार्चुला पुगेका छन् । सचिव अर्याल सहित नेपाल प्रहरीका प्रहरी महानिरिक्षक वसन्त बहादुर कुवँर, सशस्त्र प्रहरीका महानिरिक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका महानिर्देशक हुतराज थापा दार्चुला पुगेका हुन् । 

आइतबार साँझै धनगढी पुगेका सशस्त्र प्रहरी महानिरिक्षक अर्यालले सोमबार कैलालीको बनवेहडामा अवस्थित बडिमालिका जवान तालिम शिक्षालयको २३ औँ बार्षिकोत्सवलाई उद्घाटन गर्नुका साथै कञ्चनपुरको झलारीमा सशस्त्र प्रहरी बिद्यालयको उद्घाटन गरेका थिए ।

गृह सचिव अर्याल, प्रहरी महानिरिक्षक कुवँर र राष्ट्रिय अनुसन्धान विभागका महानिर्देशक हुतराज थापा सोमबार राती मात्रै धनगढी पुगेका हुन् । सोमबार धनगढी बसेका शुरक्षा प्रमुख सहित गृह सचिव अर्याल मगंलबार बिहानै दार्चुला प्रस्थान गरेका छन् । उनिहरु आज नेपाल भारत सिमा नजिक पर्ने छाङरु र टिकंर क्षेत्रको निरिक्षण गर्ने बताइएको छ । दार्चुलाको सो ठाउँ निरिक्षक पछि सो टिम बझाङ, अछाम हुँदै नेपालगन्ज जाने तालिका रहेको छ ।

clock मङ्गलबार २५, बैशाख २०८१ १४:४४

प्रतिक्रिया