अत्तरियामा आयोजना गरिएको महोत्सवको आयव्यय सार्वजनिक

  मङ्गलबार ०६, चैत २०८० १५:५८

धनगढी । कैलालीको अत्तरियामा आयोजना गरिएको सुदूरपश्चिम प्रादेशिक महोत्सवको आयव्यय विवरण सार्वजनिक गरिएको छ। मंगलबार सार्वजनिक गरिएको आयव्यय अनुसार टिकट बिक्रीबाट हुने आम्दानी दोब्बरले बढेको छ। 

गत वर्ष टिकट बिक्रीबाट २४ लाख ४४ हजार आम्दानी भएकोमा यो वर्ष बढेर ५३ लाख ६८ हजार ५५० पुगेको छ। संघले यो वर्ष २३ लाख ९८ हजार ७० रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष १० लाखको हाराहारीमा मात्र नाफा आर्जन भएको थियो।

उद्योग वाणिज्य संघ अत्तरियाका कोषाध्यक्ष हेमराज भण्डारीले महोत्सवमा ९० लाख ३० हजार ४ सय १० रुपैयाँको कारोबार भएको बताए। उनले महोत्सव सञ्चालनका लागि ६६ लाख ३२ हजार ३४० रुपैयाँ खर्च भएको बताए। 

जसमा कलाकारको खर्च १७ लाख ३८ हजार ८ सय, टेन्ट ८ लाख ७५ हजार, प्रिन्टिङ ६ लाख ८४ हजार ७२६, अतिथि सत्कार, उद्घोषक २ लाख ६५ हजार ८ सय, आयोजक खाना खर्च २ लाख २७ हजार ४७६ भएको आयव्यय विवरण सार्वजनिक गरिएको हो। 

महोत्सवको १५ लाख ३५ हजार १३७ हजार उठाउन बाँकी रहेको र पाँच लाख ८७ हजार २६१ तिर्न बाँकी रहेको संघले जनाएको छ।

clock मङ्गलबार ०६, चैत २०८० १५:५८

प्रतिक्रिया