कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ

  मङ्गलबार २७, जेठ २०८२ २०:२०

धनगढी । कञ्चनपुरमा असईमाथि कुटपिट गर्ने एक जनालाई पक्राउ गरिएको छ । प्रहरी चौकी पचुईका इन्चार्ज प्रहरी सहायक निरीक्षक(असई) बिरबहादुर चन्दमाथि कुटपिट गर्ने बेलौरी नगरपालिका–८ बस्ने राहुल रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) सागर बोहराले असई चन्दमाथि कुटपिट गर्ने रानालाई पक्राउ गरिएको जानकारी दिए । उनकाअनुसार रानालाई इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो ।

 

रानाले चेकजाँचका क्रममा केही दिनअघि असई चन्दलाई लछारपछार गर्दै कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । कुटपिटमा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतकाअनुसार चन्दमाथि कुटपिट गर्ने राना स्थानीय हार्डवयर व्यापारी हुन् ।

 

रानाको समूहले भारतबाट अवैध रुपमा सामान ओसारपसार गर्दै आएको दाबी गरिएको छ । उनको समूहले चेकजाँचकै क्रममा असई चन्दमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ । चन्दलाई कुटपिट गर्दै बाँध्ने प्रयास समेत गरिएको सार्वजनिक भिडियोमा देखिएको छ ।

clock मङ्गलबार २७, जेठ २०८२ २०:२०

प्रतिक्रिया