खेलकुद महासघंले आयोजना गर्न लागेको सुदूरपश्चिमस्तरीय भलिबल प्रतियोगिता स्थगित

  शुक्रबार २३, जेठ २०८२ १२:१७

धनगढी । धनगढीमा आयोजना हुन लागेको प्रदेशस्तरीय भलिबल प्रतियोगिता स्थगित भएको छ । जेठ २९ गतेदेखि आयोजना हुने भनिएको प्रतियोगिता स्थगित भएको नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेश कमिटीका सचिव प्रकाश बि।क ले जानकारी दिए । 

उनका अनुसार प्रतियोगिता आयोजना हुने स्थल धनगढी रगंशाला (कर्भडहल) मर्मत कार्य चलिरहेकाले काम नसकिन्जेल सम्मका लागी प्रतियोगिता स्थगित गरिएको हो । अर्को सुचना जारी नहुन्जेल सम्मका लागी प्रतियोगिता स्थगित भएको उनले बताएका छन् । 

भलिवल प्रतियोगिताका विजेता टिमलाई एक लाख एक हजार १११, द्वितीय हुने टिमलाई ५१ हजार र तृतीय हुने टिमलाई ३१ हजार नगदसहित ट्रफीको ब्यवस्था गरिएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार तथा उत्कृष्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर र लिवरोलाई पाँच हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ ।

सुदूरपश्चिमलाई भलिबलको माध्यमबाट राष्ट्रव्यापी रूपमा चिनाउन र सुदूरपश्चिमलाई भलिबल खेलको हवको रूपमा विकास गर्न प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष प्रकाश चन्दले बताए । उनले धनगढी रगंशाला मर्मतको काम सकिने बितिक्कै प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिए ।

clock शुक्रबार २३, जेठ २०८२ १२:१७

प्रतिक्रिया