गड्डाचौकी– अत्तरिया सडक विस्तारका लागि बजेट विनियोजन

  बिहिबार १५, जेठ २०८२ १७:१८

धनगढी । सरकारले गड्डाचौकी – अत्तरिया सडक विस्तारका लागि २१ अर्ब विनियोजन  गरेको जनाएको छ । बिहीबार आर्थिक वर्ष २०८२र०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले गड्डाचौकी – अत्तरिया विस्तारका लागि २१ अर्ब १९ करोड विनियोजन गरिएको बताएका हुन ।

उनले खुटिया दिपायल सडक विस्तारका लागि पनि आवश्यक बजेट विनियोजन गरेको बताए ।


उनले अत्तरिया खोड्पे दार्चुला सडक २ लेन विस्तारका लागि अध्ययन गरिने बताए । यस्तै महाकाली करिडोरका लागि पनि आवश्यक बजेट विनियोजन गरेको बताए ।

clock बिहिबार १५, जेठ २०८२ १७:१८

प्रतिक्रिया