कैलालीको हाटखोलीमा डुबेर ८ वर्षीय बालकको मृत्यु
धनगढी । कैलालीमा पानीमा डुबेर बालकको मृत्यु भएको छ । गोदावरी नगरपालिका–४ हाडखोली खोलाको पानीमा डुबेर एक ८ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
खोलामा डुबेर गौरीगंगा नगरपालिका–४ का प्रकाश ढोलीका ८ वर्षीय छोरा कृस नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए । उनकाअनुसार बिहीबार दिउँसो करिब १ हाडखोली खोलामा बनेको तालमा पौडी खेल्ने क्रममा बालक डुबेका थिए ।
स्थानीयहरूले डुबिरहेको अबस्थामा देखेपछि बालकलाई तालबाट बाहिर निकाली खाली जमिनमा राखेका थिए। तर उनलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया