कैलालीमा खेलकुद महासघं गठन, अध्यक्षमा ललित खत्री सर्वसम्मत
धनगढी । बिभिन्न खेल संस्थाहरुको छाता सगंठनका रुपमा रहेको खेलकुद महासघंको कैलाली जिल्ला साखा गठन भएको छ । जिल्लामा क्रियाशिल खेल संस्थाहरुले आफ्नो छाता सगंठनका रुपमा खेलकुद महासघं गठन गरेका हुन् । जसको अध्यक्षमा जिल्ला खेलकुद समिति कैलालीका अध्यक्ष ललित खत्री सर्वसम्मत चयन भएका छन् ।
शुक्रबार जिल्ला खेलकुद विकास समिति कैलालीमा आयोजित खेल संस्थाहरुको बैठकले खत्रीको अध्यक्षतामा महासङ्घको गठन भएको हो। खेलकुदको विकास र उन्नति गर्नका लागि महासघं आवश्यक रहेको भन्दै यसको गठन भएको जनाएको छ ।
महासघंको अध्यक्षमा ललित खत्री कराते महासङ्घ ,उपाध्यक्षमा राजिव गुप्ता उसु संघ, महासचिवमा प्रेमराज जोशी भलिबल संघ ,सचिवमा कुबेर जित साउँद हेण्डबल संघ ,कोषाध्यक्षमा प्रकाशमान सिंह ब्याडमिन्टन संघ, सदस्यहरुमा देवनारायण झा हकेट संघ, हर्क दानपाली फुटबल संघ ,चन्द्र राहुल रग्बी संघ, रघुनाथ राना कबड्डी संघ, निर्जन श्रेष्ठ बक्सिङ संघ र तारा बहादुर बलायर खो(खो संघ रहेका छन् ।
सल्लाहकार समितिमा अनिल मल्ल, आश्रम केसी र बिक्रम बिष्ट रहने गरी यस महासङ्घको गठन भएको छ । महासघं गठन सगैं कैलालीको खेलकुद विकासका गतिविधिहरूमा ठूलो टेवा पुग्ने समेत विश्वास गरिएको छ ।
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                         
                         
                        
प्रतिक्रिया