बाजुराकाे हिमाली गाउँपालिकाको केन्द्र धुलाचौर जादैँ गरेको जीप दुर्घटना, ६ जना घाइते

  शुक्रबार ०२, जेठ २०८२ १५:४८

बाजुरा । कर्णाली करिडोरमा जीप दुर्घटना भएको छ । शुक्रवार दिउँसो कोल्टी बजारबाट हिमाली गाउँपालिकाको केन्द्र धुलाचौर जादैँ गरेको जीप दुर्घटना भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनक बहादुर बोहराले म १ ज २३३ नम्बरको जीप दुर्घटना भएको बताए । उनका अनुसार हिमाली गाउँपालिका ६ सिउडी खोलामा दुर्घटना भएको जीपमा सवार चालक सहित ६ जना घाइते भएका छन् ।

 

घाइते हुनेमा चालक अन्दाजी २० का सविन बोहरा, हिमाली ५ बस्ने अन्दाजी बर्ष १८ कि रंगीता बुढा, जुनिता बुढा, अन्दाजी २९ बर्षका विवेक बुढा, वडा नम्बर ६ बस्ने अन्दाजी २२ बर्ष अस्मिता शाही र वडा नम्बर ४ बस्ने अन्दाजी १८ का विज्ञान सार्की छन् । घाइतेहरुको अवस्था मध्यम छ भने अहिले कोल्टी अस्पतालमा उपचार भइरहेको छ ।

 

जीप एक्कासी अनियन्त्रित भएर सडकबाट करिब १ सय ५० मिटर तल कर्णाली नदी माथि रुखमा अड्कीएको प्रहरीले जनाएको छ ।

clock शुक्रबार ०२, जेठ २०८२ १५:४८

प्रतिक्रिया