डोटीमा रुखबाट लडेर युवती घाइते
डोटी । डोटीमा रुखबाट लडेर युवती घाइते भएकी छन् । जिल्लाको आदर्श गाउँपालिका–२ कोटान्जर बस्ने १८ वर्षीया सरिता साउँद रुखबाट लडी घाइते भएकी छन्।
उनी बुधबार साँझ ६ बजे घरनजिकै रहेको अमरोगो रुखमा डाले घाँस काट्ने क्रममा उनी रुखबाट खसेकी हुन्। यस क्रममा उनको टाउको, निधार, दायाँ आँखा र कम्मरमा चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइते सरितालाई सोही राति १२ः३० बजे उपचारका लागि सुजङ अस्पताल, राजपुर डोटी पुर्याइएको थियो। अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि डडेल्धुरा अस्पतालमा रिफर गरिएको छ ।
उनको अवस्था मध्यम रहेको छ ।
प्रतिक्रिया