रहेनन् सुदूरका गायक अमर लामा
धनगढी । गायक अमर लामाको निधन भएको छ । बडीकेदार गाउँपालिका–३ देवल घर भई कैलालीको चुरे गाउँपालिकास्थित खानीडाँडा बस्दै आएका गायक लामाको ४७ वर्षको उमेरमा निधन भएको हो ।
संगीतकर्मी संघ सुदूरपश्चिम प्रदेश समितिका वरिष्ठ उपाध्यक्षसमेत रहेका लामा बिरामी भएपछि चैत १७ गते कैलालीको धनगढीस्थित मायामेट्रो अस्पतालमा भर्ना भएका थिए ।
उनलाई थप उपचारका लागि वैशाख १४ गते महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा काठमाडौं लगिएको थियो । सोमबार राति उनको उपचारकै क्रममा निधन भएको हो ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीका अनुसार लामाले सुदूरपश्चिमको कला, संगीत र संस्कृतिमा ठूलो योगदान पुर्याएका थिए । देउडा प्रतिष्ठानका अध्यक्ष सुरत रावतले लामाको निधनले सुदूरपश्चिमको संगीत क्षेत्रमा ठूलो क्षति पुगेको बताए ।
प्रतिक्रिया