कैलालीको जनकपुरमा मोटरसाइकल र हायस ठोकिदा एक जनाको मृत्यु
धनगढी । कैलालीमा मोटरसाइकल र हायस ठोकिदा एक जनाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–२ जनकपुरमा हाइस र मोटरसाइकल आपसमा ठोकिएका हुन् ।
मोटरसाइकल चालक गौरीगंगा नगरपालिका–११ का ४५ वर्षीय नरबहादुर कडायतको दुर्घटनामा मृत्यु भएको प्रहरीले बताएको छ ।
सोमवार दिउँसो बागमती प्रदेश ०१–००६ ख ७१५० नम्बरको हायस र से ७ प ७३७२ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका थिए । दुर्घटनामा घाइते भएका मोटरसाइकमा सवार कडायतलाई घोडाघोडी अस्पतालमा उपचारका लागि लगिएको थियो ।
उनको घोडाघोडी अस्पतालका चिकित्सकले कडायतलाई मृत घोषणा गरेका प्रहरीले बताएको छ । चालक लम्की चुहा नगरपालिका–१ का राजेश चौधरी र हायसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया