कैलालीमा माइतीघर हिडेकी महिला सम्पर्कविहीन

  मङ्गलबार ३०, बैशाख २०८२ ०६:१८

घोडाघोडी । घरबाट माइतीघर हिडेकी कैलालीको घोडाघोडी नगरपालिका–२ चितलपुरकी लीला विष्ट रावत सम्पर्कविहिन भएकी छिन ।

वैशाख २७ दिउँसो घोडाघोडी–२ साडेपानी गाउँमा रहेको माइतीघर जान्छु भनी हिडेकी विष्ट तीन दिन बित्दासमेत समेत सम्पर्कमा नआएकी हुन ।

सम्पर्कविहीन भएपछि उनका श्रीमान् टेकबहादुर रावतले खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय सुखडमा निवेदन दिएका छन ।

लिलाको खोजीकार्यका लागि कैलाली जिल्लाका विभिन्न प्रहरी कार्यालयमा हुलिया पठाएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

clock मङ्गलबार ३०, बैशाख २०८२ ०६:१८

प्रतिक्रिया