डडेल्धुराको स्याउलेमा ‘रिफ्रेस सेन्टर’ स्थापना
डडेल्धुरा । सवारी चालक, सहचालक र यात्रुहरुका लागि डडेल्धुराको स्याउलेमा ‘रिफ्रेस सेन्टर’ स्थापना भएको छ । उक्त रिफ्रेस सेन्टरको उद्घाटन सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले आइतबार गरिन् ।
उद्घाटनपछि बोल्दै मन्त्री खड्काले जिल्लाको शान्ति सुरक्षालाई मजबुत बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताइन् । अहिलेसम्म प्राप्त सेवा सुविधाका आधारमा प्रहरीले आफ्नो जिम्मेवारी निभाइरहेकाले आगामी दिनमा आवश्यक सहयोगका लागि प्रदेश सरकार तत्पर रहेको भनाइ थियो ।
विशेषगरी लागुऔषधको बढ्दो समस्याप्रति चिन्ता व्यक्त गर्दै उनले स्थानीय सरकारहरूलाई समेत जिम्मेवार बन्न आग्रह गरिन् । कार्यक्रममा उनले जिल्ला प्रहरी कार्यालय डडेल्धुरालाई १ सय थान लागुऔषध चेकजााच किट हस्तान्तरण गरिन् ।
चालक तथा यात्रुहरूलाई यात्राका क्रममा विश्राम दिने उद्देश्यसहित सुदूरपश्चिमका ७ पहाडी जिल्लाको केन्द्र स्याउलेमा ‘रिफ्रेस सेन्टर’ निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक शुगन्ध श्रेष्ठले बताए ।
प्रतिक्रिया