धनगढीमा सुरु भयो विश्व नेपाली नारी साहित्य महोत्सव ,मुख्यमन्त्री शाहले गरे उद्घाटन

  शुक्रबार १०, चैत २०७९ १३:४०

धनगढी । धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव सुरु भएको छ । आज एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले महोत्सवको उद्घाटन गरेका छन् ।

महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । महोत्सव आज देखी १३ गतेसम्म जारी रहने छ ।

विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भुटान, म्यानमारलगायतका देशबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागिता रहने जनाइएको छ ।

महोत्सवमा विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई सम्मान गरिने कार्यक्रम तय भएको छ। साहित्यकार झमकलाई १ लाख ११ हजार राशिको बद्री–कृष्णा वाङ्मय पुरस्कार प्रदान गरिने छ। महोत्सव आयोजनाका लागि रु ५० लाखभन्दा बढी खर्च हुने आयोजकले जनाएको छ।

clock शुक्रबार १०, चैत २०७९ १३:४०

प्रतिक्रिया