गौरीगंगाका विद्यालयमा ३ दिने गर्मी विदा दिइयो

  बिहिबार २५, जेठ २०८० १५:५४

धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाका विद्यालयहरुमा ३ दिनका लागि गर्मी विदा दिइएकोे छ । नगरपालिकाले बिहिबार एक सूचना जारी गर्दै अत्याधिक गर्मीका कारण पठन पाठनमा समस्या भएको भन्दै जेठ २८ देखि ३० गते सम्म विदा दिने जनाएको हो ।

अधिकृत गणेश जोशीद्धारा जारी सूचनामा हाल गर्मीयाम लागेसंगै तापक्रम अत्याधिक वृद्धि भए गर्मी भइरहेको र विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्नुका साथै पठनपाठन पनि प्रभावित भइरहेकोले विद्यालयको बर्षे तथा हिउँदे विदाबाट कट्टी गर्ने गरी गर्मि विदा दिइएको उल्लेख छ ।

अधिकृत जोशीले गर्मीका कारण विद्यार्थीहरु बेहोस हुन थालेपछि आइतबार देखि लागु हुने गरी विदा दिइएको बताई । उनले गर्मि यथावत रहे विदा थपिने बताए ।

तराइका जिल्लाहरुमा केहि दिन यता तापक्रम बढ्न गइ गर्मी बढेका कारण जनजिवन प्रभावित भएको छ । मौसम विभागले अझै ५ दिन गर्मी यथावत रहने जनाएको छ ।

clock बिहिबार २५, जेठ २०८० १५:५४

प्रतिक्रिया