सुदूरपश्चिमको जनसंख्या ५ दशमलव २७ प्रतिशतले बृद्धि !

सुदूरपश्चिमको जनसंख्या बढेर २६ लाख ९४ हजार ७ सय ८३ पुग्यो

  शुक्रबार १०, चैत २०७९ १३:३३     विश्वास खबर

धनगढी । सुदूरपश्चिम प्रदेशको जनसंख्या बढेर २६ लाख नाघेको छ। केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार सुदूरपश्चिमको जनसंख्या बढेर २६ लाख ९४ हजार सात सय ८३ पुगेको हो।

२०६८ सालको जनगणनामा सुदूरपश्चिम प्रदेशको जनसंख्या २५ लाख ५२ हजार पाँच सय १७ थियो। पछिल्लो १० वर्षको अवधिमा प्रदेशमा एक लाख ४२ हजार दुई सय ६६ (५ दशमलव २७ प्रतिशत) ले जनसंख्यामा बृद्धि आएको तथ्यांकमा उल्लेख छ।

आज २०७८ सालको सार्वजनिक भएको पूर्ण विवरण अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ । 

clock शुक्रबार १०, चैत २०७९ १३:३३     विश्वास खबर

प्रतिक्रिया