धनगढीमा युवाहरुले गरे ‘रुटस एण्ड फ्रुटर्स क्याफे  सञ्चालन

  बुधबार १०, बैशाख २०८२ २०:५९

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित उत्तरबेहडीमा ‘रुटस एण्ड फ्रुटर्स क्याफे’ सञ्चालनमा ल्याइएको छ ।

धनगढीमा उत्कृष्ट क्यफेको कमी महसुस गरेर सोमबारदेखि केही युवाहरुले मिलेर उत्तरबेहडीमा क्याफे सञ्चालन गरेका हुन ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री माननीय मेघराज खडकाले सो क्याफेको एक समारोहकाबिच समुद्घाटन गरेका थिए ।

धनगढीमा उत्कृष्ट क्यफेको कमी महसुस गरेर  युवा सन्दीप शर्मा, रोशन भट्ट लगायतका युवाद्वारा सो क्याफे सञ्चालनमा ल्याइएको हो ।
 

clock बुधबार १०, बैशाख २०८२ २०:५९

प्रतिक्रिया