धनगढीको पञ्चोदयमा शिक्षकले ‘गोप्य अंग’ छोएको भन्दै किशोरीले दिइन् प्रहरीमा उजुरी
धनगढी । एसईई परीक्षाका बेला धनगढीको पञ्चोदय माध्यमिक विद्यालयमा शिक्षकले गोप्य अंग छोएको भन्दै प्रहरीमा उजुरी परेको छ ।
परीक्षामा चिट चेकिङको बाहाना बनाएर पञ्चोदय माध्यमिक विद्यालय केन्द्रमा आफूसहित अन्य केटी साथीहरुको गोप्य अंग छोएर यौन दुव्र्यवहार गरेको भन्दै एक किशोरीले उजुरी दिएकी हुन् ।
किशोरीले अनलाइनमार्फत प्रहरी प्रधान कार्यालयमा उजुरी गरेकोमा बुुधबार मात्र कैलाली प्रहरीसम्म उक्त उजुरी आइपुगेको छ । जिल्ला प्रहरी कार्यालयले उक्त उजुरीका सम्बन्धमा अनुसन्धान अघि बढाएको जानकारी दिएको छ ।
प्रहरीले विद्यालयका शिक्षक र एसईईका बेला उक्त परीक्षा केन्द्रमा खटिएकाहरुसँग सोधपुछ गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया