आफ्नै पालेको रागोँले हानेपछि धनगढीमा किशोरीलाई गम्भीर घाइते
धनगढी । धनगढीमा आफैले पालेको रागोँले हानेर एक किशोरीलाई गम्भीर घाइते बनाएको छ ।
धनगढी उपमहानगरपालिका–१७ को पथरी बस्ने १५ वर्षीया ज्वती चौधरीलाई घरमा पालेको रागोँले हानेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी0 कबिन्द्रसिंह बोहराले किशोरीलाई रागोँले हानेपछि उनको गुप्ताङ्ग र शरीरका अन्य भागमा गम्भीर चोट लागेको बताए ।
उनको निसर्ग हस्पिटलमा आईसीयूमा राखेर उपचार भइरहेको डीएसपी बोहराले बताए ।
प्रतिक्रिया