चैतन्य हाफ म्याराथनको उपाधी सेनाको खडकलाई

  सोमबार ०२, बैशाख २०८२ १५:३३

धनगढी । धनगढी जेसिजले नयाँ बर्षको अवसरमा आयोजना गरेको ११ औं सस्करणको “अब धनगढी दौडन्छ” चैतन्य धनगढी हाफ म्याराथनको उपाधी त्रिभुवन आर्मी क्लबक्व्व खड्क बहादुर खडकाले हात पारेका छन । उनले निर्धारित २१ दशमलव १ किलोमीटरको दुरी १ घण्टा ३ मिनेट २१ मिनेटमा पार गर्दै उपाधी जितेका हुन । त्यस्तै निर्धरित दुरी पार गर्दै नेपाली सेनाकै राजन रोकाया (१:०६:७) र सेनाकै नरेन्द्र सिंह रावत (१:१०) क्रमश दोश्रो र तेस्रो भए ।

उपाधी संगै खड्काले नगद ७५ हजार प्राप्त गरे । खड्कालाई मुख्य प्रायोजन गरेको चैतन्य पाठशालाका सिइओ गणेश प्रसाद जोशीले नगद प्रदान गरेका थिए । उपविजेता रोकायाले नगद ५० हजार र रावतले नगद २५ हजार प्राप्त गरे ।

त्यस्तै कर्पोरेट तर्फको ५ किलोमीटर दौडमा महिला तर्फ लक्ष्मी भट्टले प्रथम पुरस्कार प्राप्त गरिन । त्यस्तै कमला बडुवाल र शान्ता वलि क्रमश दोश्रो र तेस्रो भए ।

त्यस्तै पुरुष तर्फ बिक्रम पार्की प्रथम भए । त्यसैगरि द्वितीय देवेन्द्र चन्द र तेस्रो चन्द नाथ भए । कर्पोरेट तर्फ महिला र पुरुष बिजेताले क्रमश ७ हजार ५ सय, ५ हजार र २ हजार ५ सय नगद हात पारे ।

त्यस्तै ट्राइसाइकल तर्फ सहभागी सम्पुर्णलाई पुरस्कृत गरिएको संयोजक दीपक गौतमले बताए । समापन कार्यक्रममा सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री मेघराज खड्काले बिजयी खेलाडीहरुलाई पुरस्कार बितरण गरेका थिए ।

clock सोमबार ०२, बैशाख २०८२ १५:३३

प्रतिक्रिया