प्रेस चौतारी कैलालीको नयाँ वर्षको भित्तेपात्रो विमोचन

  शनिबार ३०, चैत २०८१ ०७:२९

धनगढी । प्रेस चौतारी नेपाल कैलालीले प्रकाशन गरेको नयाँ वर्ष २०८२ को भित्तेपात्रो विमोचन गरिएको छ ।

शुक्रबार एमाले सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीमा आयोजना गरेको विशेष सभामा प्रेस चौतारीले प्रकाशन गरेको भित्तेपात्रो विमोचन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एमाले उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट लगायतका नेताहरू सभामा भित्तेपात्रो संयुक्त रूपमा विमोचन गरेका थिए ।

प्रेस चौतारीले वार्षिक कार्यक्रमअनुसार भित्तेपात्रो प्रकाशन गरिएको जनाएको छ । चौतारीले भित्तेपात्रो प्रकाशनका अवसरमा सबैलाई नयाँ वर्ष २०८२ को शुभकामना समेत व्यक्त गरेको छ ।

clock शनिबार ३०, चैत २०८१ ०७:२९

प्रतिक्रिया