आगलागी नियन्त्रण गर्न कञ्चनपुरको जानकी सामुदायिक वनका अग्नी रेखा निर्माण
कञ्चनपुर । कञ्चनपुरको जानकी सामुदायिक वनले आगलागी नियन्त्रणका लागि अग्नी रेखा निर्माण गरेको छ । कृष्णपुर नगरपालिका ९ पीपरीयाको जानकी सामुदायिक वनमा अग्नी रेखा निर्माण गरिएको हो ।
सामुदायिक वनले चालु आर्थिक बर्ष ०८१/०८२मा सामुदायिक वनका विभिन्न क्षेत्रमा अग्नी रेखा निर्माण गरेको जनाएको छ । जानकी सामुदायिक वनका अध्यक्ष चन्द्र प्रकाश भट्टले सामुदायिक वनमा आगो नियन्त्रण गर्दै पर्यावरण सरक्षण गर्ने उदेश्यका साथ अग्नी रेखा निर्माण गरिएको बताए ।
‘यो सुुख्खायाममा विभिन्न कारणले सामुदायिक वनमा लाग्ने आगो नियन्त्रण गर्न हामीले विभिन्न प्लट प्लटमा अग्नी रेखा निर्माण गरेका छौँ, ‘भट्टले भने, ‘कदमकदाचित एक प्लटमा लागेको आगो अर्को प्लटमा जानबाट रोक्न हामीले अग्नी रेखा निर्माण गरेका छौँ ।’
अनियन्त्रित आगलागीबाट एकतिर वन, पर्यावरण, बन्यजन्तुमाथि असर अर्कातिर मानव बस्तीदेखि जोखिम हुने हुँदा समयमै अग्नी रेखा निर्माण गरिएको छ । उक्त सामुदायिक वनले उपभोक्ताको हकहितलाई मध्य नजर गर्दै पर्यावरण सरक्षणका विवित कार्य गर्दै आएको छ ।
प्रतिक्रिया