अत्तरियामा प्रहरी कार्यालय अगाडि पुरुषको शव फेला
धनगढी । कैलालीको अत्तरियामा टाउको अलग भएको अबस्थामा एक पुरुषको शव फेला परेको छ।
ईलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिषरमा पुरुषको शब भिबत्स अबस्थामा भेठिएको हो ।
अर्धनग्न अवस्थामा फेला परेको शवमा चोटपटक पनि देखिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगाबहादुर थापाले बताए।
उनले शवको प्रकृति हेर्दा हत्या गरिएको जस्तो देखिएको बताएका छन्। उनका अनुुसार शवको पहिचान हुन सकेको छैन। अहिले शव घटनास्थलमै रहेको छ।
 
                     
                                 
                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                        
प्रतिक्रिया