अछाममा भीषण आगलागी हुँदा १० पसल जले, आगो निभाउने प्रयास जारी

  मङ्गलबार २६, चैत २०८१ २१:५८

अछाम  । अछाम बान्निगढी जयगढ गाउँपालिकामा रहेको जयगढमा बजारमा भीषण आगलागी भएको छ । साँझ करिब ७ः२० बजेपछि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

भीषण आगलागीबाट अहिलेसम्म १० वटा पसल जलेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए । 

अहिले आगो नियन्त्रणका लागि दमकल पुगेको छ । तर, दमकलबाट आगो निभाउन अझै समस्या भइरहेको प्रहरीले जनाएको छ ।

clock मङ्गलबार २६, चैत २०८१ २१:५८

प्रतिक्रिया