सुदूरपश्चिम नापी पेशाकर्मी समाजको प्रथम वार्षिकोत्सव विभिन्न कार्यक्रम गर्दै मनाइयो
धनगढी । सुदूरपश्चिम नापी पेशाकर्मी समाजको प्रथम वार्षिकोत्सव समारोह चैत्र २२ देखि २४ गते सम्म विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको छ । चैत्र २२ देखि २४ गते सम्म तीन दिन चलेको कार्यक्रममा देशभरीका नापी पेशाकर्मीहरु सहभागी रहेको कार्यक्रममा व्याडमिन्टन, हाजिरी जवाफ प्रतियोगिता, सक्तदान र नयाँ क्यालेण्डर सार्वजनिकिकरण गर्दै सम्पन्न भएको छ ।
समापन कार्यक्रम सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विर वहादुर थापाको प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष धर्मराज ओझाको अध्यक्षतामा सन्चालन भएको थीयो । मन्त्री थापाले जग्गा नापजाँच तथा जग्गा प्रशासन सम्बन्धीका कार्य अझै सहज, सरल र सेवाग्राहीमैत्री वनाउनु पर्नेमा जोड दिए । उनले जग्गाको सिमाना एकिन गर्दा आउनेविवादहरु न्युनिकरण गर्नु पर्ने वताए । समाजले रक्तदान कार्यक्रम समेत गरेर मानवीय कार्य गरेकोमा धन्यवाद व्यक्त गरे ।
कार्यक्रमको समापन गर्दैै समाजका अध्यक्ष धर्मराज ओझाले समाजले यो एक वर्षको दौरानमा विभिन्न सामाजिक तथा मानवीय कार्यहरु गरेको र आगामी दिनमा समेत यस्ता कार्यहरुको निरन्तरता हुने वताउँदै देशभरीवाट आउनु भएका नापीपेशाकर्मी, खेलाडीहरु तथा कार्यक्रमका प्रमुख अतिथि लगायत उपस्थित सबै सहभागीहरुलाई धन्यवाद ज्ञापन गरे ।
समारोहमा आउँदै गरेको नयाँवर्ष २०८२ सालको भित्ते पात्रो प्रमुख अतिथि थापा र समाजका अध्यक्षले सार्वजनिक समेत गरे । समारोहमा विभिन्न नापी कार्यालयका प्रमुख, विभिन्न नापीपेशाकर्मी समाजका अध्यक्ष एवं प्रतिनिधिहरु र नापी पेशाकर्मीहरुको सहभागिता रहेको थियो । समाजका वरिष्ठ उपाध्यक्ष नरेश विष्टले स्वागत मन्तव्य राखेको कार्यक्रमको सन्चालन समाजका उपाध्यक्ष महेश पन्तले कार्यक्रम गरेका थिए ।
यस अघी चैत्र २२ गते समाजका अध्यक्ष ओझा र नापी कार्यालय, कैलालीका प्रमुख नापी अधिकृत जनकराज भट्टले मेन्स डवल व्याडमिन्टन प्रतियोगिताको सुभारम्भ गरी प्रथम वार्षिकोत्सव समारोहको उद्घाटन गर्नु भएको थियो । मेन्स सिनियर व्याडमिन्टनमा ८ टिम, जुनियरमा २६ टिम र भेट्रानमा ८ टिम रहेका थिए । सिनियर तर्फको गेममा मध्यपश्चिम नापी पेशाकर्मी समाजका खेलाडीद्वय कृष्ण सलामी र ठगेन्द्र राना को टिम प्रथम भएको थियो ।
सुदूरपश्चिम नापी पेशाकर्मी समाजका खेलाडी द्वय नरेन्द्र नाथ र गणेश मिश्रको टोली द्वितिय भएको थियो भने जुनियर तर्फ प्रथम र द्वितिय दवै स्थान रुकुमेली नापी पेशाकर्मी समाजका खेलाडीहरु सञ्जित वली र भुवन खडका तथा भिम प्रसाद नकाल र पवन पाण्डेको टीमले हात पारेको थियो । भेट्रान तर्फ सुदूरपश्चिम नापी पेशाकर्मी समाजका खेलाडीहरु भुवन वहादुर शाही र मानवहादुर खड्काको टोली प्रथम भएको थियो भने सोही समाजका खेलाडी गोपाल रोकाया र जगत विष्टको टोली द्वितिय स्थान ओगट्न सफल भएको थियो । त्यस्तै गरी देशभरीका नापीपेशाकर्मीहरुको हाजिरी जवाफ प्रतियोगितामा जम्मा १० टिम सहभागी भएका थिए । समापनको दिन रगंशालमा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा २२ जना नापीपेशाकर्मीहरुले रक्तदान समेत गरेका थिए ।
प्रतिक्रिया