डडेल्धुरामा जिपबाट खसेर एक महिलाको मृत्यु
डडेल्धुरा । डडेल्धुरामा जिपबाट खसेर एक महिलाको मृत्यु भएको छ। आइतवार अमरगढी नगरपालिका–८ डकलेमा जिपबाट खसेर अमरगढी नगरपालिका–८ की २६ वर्षीया निर्मला भूलको मृत्यु भएको हो।
जिल्ला सदरमुकामबाट बैतडीतर्फ जाँदै गरेको से १ ज ७३९ नम्बरको जिपबाट ओर्लिने क्रममा खसेर गम्भीर घाइते भएकी निर्मलाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
प्रहरीले जिप र जिप चालक बैतडीको सिगास गाउँपालिका–५ ढुङ्गाडका ४० वर्षीय रामसिंह धामीलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रतिक्रिया