कञ्चनपुरमा लागु औषधसहित ५ जना पक्राउ

  शुक्रबार १०, चैत २०७९ १२:००

धनगढी । कञ्चनपुरमा लागु औषधसहित ५ जना पक्राउ परेका छन्। जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित ५ जना पक्राउ परेका हुन्। महेन्द्रनगर कञ्चनपुरबाट सादा पोसाकबाट खटिका प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा डडेल्धुरा आलिताल गाउँपालिका–५ घरभइ हाल कञ्चनपुर भिमदत्त नगरपालिका–६ ऐठपुर शिवटोल स्थित जनक बोहराको घरमा कोठा भाडागरी बस्ने २२ वर्षीया सिमा थापा मगर, २२ वर्षीय राजु बोहरा, भिमदत्त नगरपालिका वडा नम्बर–६ ऐठपुर शिवटोल स्थित कमला साउँदको घरमा कोठा भाडामा लिई बस्ने डडेल्धुरा पशुराम नगरपालिका वडा नम्बर–८ का २४ वर्षीय केशव बोहरा, कृष्णपुर नगरपालिका वडा नम्बर–२ को २७ वर्षीय किशोर भण्डारी र भिमदत्त नगरपालिका वडा नम्बर–१५ कोे ३७ वर्षीय निराकर प्रसाद जोशी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट (कागज १.२८ ग्राम) सहित, ०.८२ ग्राम खैरो हिरोईन, नगद रु १५,७००।– र मोबाईल ५ थान बरामद गरिएको जनाएको छ। उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

clock शुक्रबार १०, चैत २०७९ १२:००

प्रतिक्रिया