बेलौरीमा गहुँबारीमा देखियो बाघ, स्थानीय त्रासमा

  आइतबार १६, चैत २०८१ ०७:०५

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–२ टेडुवामा बाघ देखिएपछि स्थानीय त्रसित भएका छन् । गहुँबारीमा शनिबार बिहानै बाघ देखिएको हो । 

इलाका वन कार्यालय कुण्डाका वन अधिकृत दिनेश यादवका अनुसार गुहँबारीमा देखिएको बाघ वयस्क छ । अहिले वनको टोलीसंँगै सुरक्षाकर्मीको टोली बाघ देखिएको स्थानमा पुगेको छ । 

बाघलाई नियन्त्रणमा लिनका लागि पनि माथिल्लो निकायमा जानकारी गराइ सकेको वन अधिकृत यादवले बताए ।

दुई वर्षअघि बेलौरी नगरपालिकामै बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो । उक्त बाघ नियन्त्रणमा लिएर काठमाडौं चिडियाखानामा राखिएको छ ।

clock आइतबार १६, चैत २०८१ ०७:०५

प्रतिक्रिया