पर्यटकलाई लक्षिदै गदै धनगढीमा ‘होटेल देव इन’ सञ्चालनमा आउँदै
धनगढी । सुदूरपश्चिमको व्यापारीक केन्द्र धनगढीमा सुविधासम्पन्न होटेल सञ्चालनमा आउने भएको छ । युवा व्यवसायी सुरेन्द्र पन्तले धनगढी उपमहानगरपालिका–२ स्थित भन्सार रोडमा ‘होटेल देव इन’ सञ्चालनमा ल्याउने भएका हुन् । होटेलको निर्माण सम्पन्न भइसकेको छ भने वैशाख १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी रहेको पन्तले जानकारी दिए ।
नेपालमा आउने विदेशी पर्यकटको संख्यामा भएको बृद्धिसँगै पूर्वाधारमा हुने लगानी पनि बढीरहेको छ। प्रमुख पर्यटकीय पूर्वाधारको रुपमा रहेको होटल क्षेत्रमा निजी क्षेत्रको लगानी पछिल्लो समय निरन्तर बढीरहेको छ। धनगढी उपहमानगरपालिका वडा नम्बर २ मा संञ्चालनमा आउँन लागेको होटेलले स्वदेशी तथा विदेशी पर्यटक लाई सेवा दिन उदेश्य लिएको संञ्चालक पन्तले जानकारी दिए ।
होटेलमा सुविधासम्पन्न १९ कोठाहरू छन् । होटेलमा चार वटा लग्जरियस रुम र बाँकी १५ वटा डिलक्स रुम छन् । होटेलको बाहिरी बनोट र सुविधासम्पन्न रुमहरूले बाह्य पर्यटकलाई पनि आकर्षित गर्ने संचालक पन्तको विश्वास छ । होटेलमा हल, डाइनिङ रेष्टुरेन्ट र बार रहेका छ्न् । होटेलमा लिफ्टको सुविधा छ ।
यस्तै, अन्डरग्राण्ड र बाह्य पार्किङको व्यवस्था पनि रहेको सञ्चालक पन्तले जानकारी दिए । परम्परागत सांस्कृतिक सम्पदाको संगम नेपालमा हिमशृङ्खला, मनोरम हरियाली, जैविक अनि सांस्कृतिक विविधतालगायत आनन्द लिन हरेक वर्ष लाखौँ सङ्ख्यामा विदेशी पर्यटक नेपाल आउँछन् । खासगरी मनोरञ्जन, पर्वतारोहण, पदयात्रा, धार्मिक पर्यटन आदि पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ । विदेशी पर्यटक मध्ये धेरै जसो भारतिय हुने गरेका छन् ।
कोरोना महामारीपछि मुलुकको पर्यटन क्षेत्र अहिले पुरानै लयमा फर्किएको छ । कोरोना महामारीपूर्व १२ लाख विदेशी पर्यटकलाई स्वागत गरेको नेपालले महामारीपछि चलायमान बनिरहेको यस क्षेत्रको व्यापक प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारीकरणलाई तीव्रता दिएको छ ।
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                        
प्रतिक्रिया