चिसो स्थान फर्कन थाले आगन्तुक चरा
धनगढी । नेपाल आएका हिउँदे आगन्तुक जलपन्छी चिसो भएको ठाउँतिर फर्कन थालेका छन् । अत्यधिक चिसो छल्न नेपाल आइपुगेका विभिन्न प्रजातिका जलपन्छी फेरि चिसो भएकोतिर फर्कन थालेका हुन्।
साइबेरिया, किर्गिकिस्तान, रसिया, उत्तरी चीनमा अत्यधिक चिसो भएपछि गत अक्टोबरमा विभिन्न प्रजातिका चरा कैलाली, कञ्चनपुरका सिमसारमा समेत आइपुगेका थिए ।
अब यहाँ गर्मी बढ्दै गएकाले मार्चबाट आगन्तुक जलपन्छीहरु उत्तरी ध्रुवतिर फर्कन थालेको चराविद हिरुलाल डङ्गौराले बताउनुभयो । उहाँका अनुसार ६ महिना अब उतै बिताएर जाडो बढ्न थालेपछि पुनः यता आउने छन् ।
“यहाँ आएका हिउँदे आगन्तुक जलपन्छीले ६ महिना यता बिताए” उहाँले भन्नुभयो, “यहाँ गर्मी बढ्दै गएकाले अब उत्तरी ध्रुवतिरै फर्किरहेका छन् ।” आगन्तुक जलपन्छीको लागि अबको केही समय उतै उपयुक्त वातावरण रहने जनाइएको छ ।
उत्तरी ध्रुवमा अत्यधिक चिसो हुने गरेकाले चिसो छल्नका लागि चिसोमै खरखरे हाँस, मालक हाँस, कैले टाउके हाँस, सिन्दुरे हाँस, बिजुला गैरी, सुइरे पुच्छ«े लगायतका आगन्तुक चरा यहाँका सिमसारमा आइपुगेका थिए । गोरखापत्रबाट
 
                     
                                _20250318091505.jpg) 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                        
प्रतिक्रिया