धनगढी एयरपोर्टबाट काठमाडौँ उड्नै लागेका युवक लागुऔषध सहित पक्राउ

  सोमबार ०३, चैत २०८१ ०७:४९
फाईल फोटो

धनगढी । धनगढी विमानस्थलबाट काठमाडौँ उड्ने क्रममा एक युवकलाई लागुऔषधसहित पक्राउ गरिएको छ ।

धनगढी उपमहानगरपालिका–१३ मा पर्ने धनगढी एयरपोर्टस्थित वुद्ध एयरको उडानमार्फत काठमाडौँ उडिरहेका कञ्चनपुरको वेदकोट नगरपालिका–८ बस्ने २१ वर्षीय भवन नाथलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको साथबाट ६ ग्राम ७०० मिलिग्राम लागुऔषध चरेश बरामद गरिएको छ । नाथलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

clock सोमबार ०३, चैत २०८१ ०७:४९

प्रतिक्रिया