कैलालीमा ५ दिनदेखि बेपत्ता युवक मृत भेटिए
धनगढी । कैलालीमा पाँच दिनदेखि बेपत्ता युवक मृत अवस्थामा फेला परेका छन् । २८ फागुनदेखि बेपत्ता भएका लम्कीचुहा नगरपालिका–१० चुहा बस्ने २९ वर्षीय अजय स्वर्णाकार आइतबार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले स्वर्णाकार चुहाकै चिनी मिल अगाडि मृत भेटिएका हुन् । २८ गते घरबाट निस्किएका स्वर्णाकार सोही दिनदेखि बेपत्ता थिए ।
परिवारले स्वर्णाकारको खोजीका लागि भन्दै शनिबार मात्र इलाका प्रहरी कार्यालय लम्कीमा निवेदन दिएका थिए । सोही क्रममा स्वर्णाकार मृत भेटिएका थिए । उनको शव परीक्षणपछि परिवारले बुुझेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया