गेटा मेडिकल कलेज नजिकै मोटरसाइकल पुलमा ठोक्किदा चालकको मृत्यु

  सोमबार ०३, चैत २०८१ ०७:२३

धनगढी । कैलालीको गेटा मेडिकल कलेज नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

अत्तरिया–धनगढी ६ लेन सडकखण्ड अन्तरगत गेटा मेडिकल कलेज अगाडी गएराति सुपप्र ०१००९ प १२५१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक बर्दगोरिया गाउँपालिका–४ का ३२ वर्षीय राजेन्द्र सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिए । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको छ ।

मोटरसाइकल पछाडि सवार बाजुराको बुढिनन्दा नगरपालिका–४ बस्ने २४ वर्षीय जनक रोकाया घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

clock सोमबार ०३, चैत २०८१ ०७:२३

प्रतिक्रिया