धनगढीको हसनपुर स्याउले सडक खण्डमा राखिएका ५८ ट्रि गार्ड उखेलेर फालिए

  आइतबार ०२, चैत २०८१ १६:२९

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा बिरुवा संरक्षणका लागि राखिएका ५८ ट्रि गार्ड उखेलेर फालिएको छ । धनगढी–दीपायल द्रुतमार्गअन्तर्गत धनगढीको ढुंगे बजारदेखि वडा नम्बर ११ को कार्यालयसम्मको खण्डमा राखिएका ट्रि गार्ड उखेलेर फालिएको हो । 

उपमहानगरपालिकाका इन्जिनियर द्वीजराज भट्टका अनुसार हुर्किरहेका बिरुवा भाच्ने गरी ट्रि गार्ड फालिएको छ । ‘ट्रि गार्ड फालेको सूचना पाएपछि हाम्रो टिम उक्त क्षेत्रमा पुगेको थियो,’ उनले भने, ‘केही ट्रि गार्डलाई उखेलेर केही परसम्म फालिएको छ भने केही त्यत्तिकै ढलाइएको मात्रै छ । मदिरा सेवन गरेका उश्रृङखल समूहले त्यस्तो गरेको हुनसक्छ ।’

यता धनगढीका मेयर गोपाल हमालको सचिवालयले ट्रि गार्डहरू फाल्ने व्यक्तिबारे कुनै जानकारी भए खबर गर्न आग्रह गरेको छ । आफ्नो घर अगाडि भएका बोटबिरुवाको संरक्षण एवं हेरचार गरिदिन पनि मेयर हमालको सचिवालयले आग्रह गरेको छ ।
 

clock आइतबार ०२, चैत २०८१ १६:२९

प्रतिक्रिया