ग्याँस सिलिन्डर पड्किंदा धनगढीमा ३ जना घाइते

  आइतबार ०२, चैत २०८१ १०:०२

धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा ग्यास सिलिन्डर पड्किंदा तीन जना घाइते भएका छन् । 

धनगढी उपमहानगरपालिका ६ मटियारीमा ३६ वर्षीया मिना खड्काको घरमा सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सिलिन्डर पड्किंदा खड्कासहित स्थानीय ग्याँस बिक्रेता ४० वर्षीय गोविन्द जोशी र खड्काकी २० वर्षीया छोरी चन्द्रा घाइते भएका हुन् । 

उनीहरुको निसर्ग अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको छ ।


जोशीको पसलबाट ग्यास लगेकी खड्काले जोड्नका लागि समेत उनलाई घरमा बोलाएकी थिइन् । जोशीले सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किएको प्रहरीले जनाएको छ ।

clock आइतबार ०२, चैत २०८१ १०:०२

प्रतिक्रिया